लकडाउनमा अलपत्र परेका २ सय यात्रुलाई घोराही उपमहानगरले घर पठायो

बैशाख ०७, २०७७

दाङ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा आएका झण्डै २ सय पैदलयात्रुलाई बसको व्यवस्था गरेर गन्तव्यमा पठाएको छ । घोराही ३ कुइरेपानी स्थित स्वास्थ्य जाँच सहायता केन्द्रमा आईपुगेका विभिन्न जिल्लाका ति पैदलयात्रुहरूलाई बसको व्यवस्था गरेर गन्तव्य तर्फ पठाएको नगरको बातावरण विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए।

आइतबार बिहान ७३ जनालाई रोल्पाको होलेरी सम्म पु-याईएको छ । त्यसैगरी आईतबार दिउसो २ वटा बसमा तुलसीपुर एक सय २२ जना र होलेरी ५२ जना यात्रुलाई खाजा र पानी खुवाएर पठाईएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

उनीहरू सबैको कुइरेपानीमा स्वास्थ्य जाँच समेत गरिएको छ । नगरमा आइपुग्ने कुनै पनि व्यक्तिहरुलाई गन्तव्यमा पु¥याउन उपमहानगरले व्यवस्थापन गर्ने उहाँको भनाई छ । यस अघि पनि उपमहानगरले शुक्रबार करिब २ सय पैदलयात्रुलाई घर सम्म पुग्न गाडीको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस