राप्ती गापालाई १ लाख बढीको खाद्य सामग्री प्रदान

बैशाख ०७, २०७७

 ओमप्रकाश गुप्ता

भालुवाङ । दाङ देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले राप्ती गाउँपालिकाको खाद्य बैंकमा १ लाख ६ हजार ७ सय ४० रूपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप सो खाद्य सामाग्री प्रदान गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत बितरण गर्न संघको विपद व्यवस्थापन समितिको पहलमा संघको कार्य क्षेत्र भित्रका उद्योगी, व्यापारी,समाजसेवी,बुद्धिजीवी तथा शुभचिन्तकहरूबाट संकलन गरेको उक्त रकम बराबरको खाद्य सामाग्री उपलब्ध गराएको संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुसार संघले स्थानीय सरकार राप्ती गाउँपालिकाको ५ नम्बर वडामा रहेको खाद्य बैंकमा १ लाख बराबरको २ हजार केजी चामल,९ सय ९० रूपैयाँ बराबरको ९ केजी दाल ,३ हजार ३ सय रूपैयाँ बराबरको ४४ पोका खाने तेल र २ हजार रूपैयाँ बराबरको १ सय केजी नुन खाद्य बैंकमा जम्मा गरेको छ ।

संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले वास्तविक पिडित वर्गको पहिचान गरि राहत वितरण गर्न सुझाव दिएका थिए ।

सो अवसरमा गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत,६ नम्बर वडा अध्यक्ष वेदप्रसाद चाैधरी,संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरूले बोलेका थिए ।

कार्यक्रममा संघका पदाधिकारी,सल्लाहकार र पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस