पौडेलले गरेर राहत कोषमा २५ हजार सहयोग

बैशाख ०७, २०७७

 


तुलसीपुर । कोरोना संक्रमणको उद्दार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ रहेको न्यु पौडेल स्टोर्सका प्रोप्राइटर सुर्यप्रसाद पौडेलले सहयोग गरेका छन् । उनले राहत कोषमा २५ हजार ५ सय ५५ सहयोग गरेका हुन् ।

गरिब र विपन्न वर्गको घरमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरेको उनले वताए । ‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ ’ सहयोगी पौडेलले वताए ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । चेक ग्रहण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस