दीर्घरोगीलाई औषधि व्यवस्थापन गर्दै तुलसीपुर

बैशाख ०७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा रहेका विभिन्न दीर्घ रोगीहरुको तथ्यांक संकलन गरेको छ । लकडाउनको समयमा औषधिको अभाव नहोस् भन्नका लागि उपमहानगरपालिकाले यस्ताको तथ्यांक लिएको हो ।

उपमहानगरपालिकाले उनीहरुलाई सहज ढँगले औषधि उपलब्ध गराउनका लागि तथ्यांक लिएर काम अगाडि वढाएको हो ।

जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीका अनुसार मुटु तथा उच्च रक्तचाप भएका ६ सय ५५ जना, मधुमेहका १ सय ९८ जना, श्वासप्रश्वासजन्य रोगका २ सय ६९ अन्य १४ जना गरेर १ हजार १ सय ३६ जना रहेका छन् ।

२ वटा वडाको तथ्यांक बाँकी रहेको र सो तथ्यांक आउने वित्तिकै औषधिको व्यवस्थापन गर्ने पनि निरिक्षक केसीले जानकारी दिए ।उपमहानगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्यकर्मीहरुले तथ्यांक संकलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस