देउखुरीमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

बैशाख ०७, २०७७

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ ।

देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

माटोले पुरिएर घाइते भएकी परियारको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस