देउखुरीमा बाटो हिड्नेलाई विस्कुट पानी

बैशाख ०७, २०७७

 ओमप्रकाश गुप्ता

सिसहनियाँ । देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा ४ जना व्यक्तिहरू मिलेर बाटोमा हिड्ने मजदुर तथा बटुवाहरूलाई दैनिक रूपमा निशुल्क विस्कुट पानी खुवाउन सुरू गरिएको छ ।

सगरमाथा टोल विकासका स्थानीय उषा शाही ठकुरी,दिपक गुरूङ,समिर थापा र अारती फेन्सी स्टोरका प्रो.सुलचना क्षेत्रीले मिनिरल वाटर र विस्कुट किनेर बटुवाहरूलाई खुवाउन सुरू गरेका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विभिन्न जिल्लाबाट पैदल हिडेर अाउने मजदुरहरूलाई लक्षित गरि उनीहरूले सेवाका लागि खाजा स्वरूप विस्कुट पानीको व्यवस्था मिलाएको बताएका छन् ।

यो बेला गर्मी माैसम पनि भएकाले मजुदुर तथा बटुवाहरूलाई पानी प्यासले तट्पिनु नपरोस भन्ने हिसावले पनि दैनिक रूपमा सेवामा लागेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस