सार्कमा कोरोना संक्रमितको अवस्था, भारतमा सबैभन्दा उच्च
भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।
सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भातरमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ। ५ सय २१ जनाको मृत्यु भएको छ। २ हजार ४ सय ६३ जना निकाे भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा २४ घण्टामा ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या ७ हजार ६ सय ३८ पुगेको छ। १ सय ४३ जनाको मृत्यु भएको छ। १ हजार ८ सय ३२ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा २ हजार १ सय ४४ जना मानिस संक्रमित भएका छन्। ८४ जनाको मृत्यु भएको छ। ६६ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा एकै दिनमा ९ जनाको मृत्यु भएको छ भने ३ सय भन्दाबढी मानिस संक्रमित भएका छन्।
अफगानिस्तानमा संक्रमितको संख्या ९ सय ३३ पुगेको छ। ३० जनाको मृत्यु भएको छ। १ सय १२ जना मानिस निको भएर घर फर्किसकेका छन्। एकै दिनमा अफ्गानिस्तानमा २७ जना संक्रमित भेटिएका छन्।
श्रीलंकमा २ सय ५४ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ६८ जना मानिस निको भएर घर फर्किसका छन्।
माल्दिभ्समा शनिबार ६ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या ३५ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।
शनिबार नेपालमा एक जना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ। तीन जना निको भएर घर फर्किसकेका छन्।
भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस