कोरोना संक्रमित साढे २३ लाख, १ लाख ६० हजार बढीको मृत्यु

बैशाख ०७, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब साढे २३ लाख पुगेको छ भने १ लाख ६० हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शनिबारसम्म विश्वमा २३ लाख ३० हजार ७ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १ लाख ६० हजार ७ सय ४७ जनाको मृत्यु भइसकेको छ।

संक्रमितमध्ये ५ लाख ९६ हजार ४ सय ८२ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

हालः विश्वका विभिन्न देशका अस्पताल तथा घरमै बसेर १५ लाख ७३ हजार ५ सय ५२ जना कोरोना भाइरसका संक्रमित उपचारत छन्। उपचारतमध्ये ५५ हजार २ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ लाख १८ हजार २ सय ८७ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये आधाभन्दा बढी भारतीय नागरिक छन्। नेपालमा पहिलो संक्रमित गत माघ ९ गते देखिएको थियो। नेपालमा रहेका संक्रमितमध्ये ३ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् भने २८ जना उपचारत छन्।

विश्वमा पहिलोपटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। अहिले यो विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।
सुरुका दिनमा चीनमा बढी प्रभाव देखिएको कोरोनाको पछिल्ला दिनहरुमा युरोप र अमेरिका तिव्ररुपमा यसको संक्रमण फैलिरहेको छ।

अमेरिकामा हालसम्म ७ लाख ३८ हजार ७ सय ९२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा ६० भन्दा बढी नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ भने आधा दर्जनभन्दा बढी नेपालीको मृत्यु भएको छ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय १६ रहेको छ। यीमध्ये २० हजार ६ सय ३९ जनाको मृत्यु भइसकेको छ। इटालीमा १ लाख ७५ हजार ९ सय २५ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २३ हजार २ सय २७ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा १ लाख ५१ हजार ७ सय ९३ जना कोरोना भाइरसका संक्रमित रहेका छन्। यीमध्ये १९ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा कोरोना भाइरसका संक्रमित १ लाख ४३ हजार ७ सय २४ रहेकोमा ४ हजार ५ सय ३८ जनाको मृत्यु भएको छ।

बेलायतमा १ लाख १४ हजार २ सय १७ जना कोरोना भाइरसका संक्रमित रहेकोमा हालसम्म १५ हजार ४ सय ६४ जनाले ज्यान गुमाइसकेका छन्। चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ७ सय १९ पुगेको छ। यीमध्ये ४ हजार ६ सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।

टर्कीमा कोरोना संक्रमितको संख्या ८२ हजार ३ सय २९ पुगेको छ भने १ हजार ८ सय ९० जनाको मृत्यु भएको छ। इरानमा ८० हजार ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ५ हजार ३१ जनाको मृत्यु भएको छ। बेल्जियममा ३७ हजार १ सय ८३ कोरोना संक्रमित रहेकोमा ५ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस