थप एकमा कोरोना संक्रमण देखियो

बैशाख ०६, २०७७

काठमाडौँ — दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन्। उनको ठेगाना र अन्य विवरण मन्त्रालयले खुलाएको छैन।

आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस