बाटो हिड्ने मजदुरको पिडा “बल्ल भातको सिता देखियो ”

पाइतालाका दु:ख २

बैशाख ०६, २०७७

चाउँचाउँ र चिउराको भरमा आएका उनीहरु तुलसीपुरमा आएर खाना खान पाएपछि खुसी भएका थिए । “भात खान पाउँदा पनि कस्तो होला जस्तो लागेको थियो” उनले भने ।

तुलसीपुर । कालीमाटी   सल्यानका अर्जुन थापा नुवाकोटबाट हिडेको ३ दिन पछि तुलसीपुर आइपुगे । यहाँसम्म आइपुग्दा उनले केही बाटो पैदल र केही ट्रकको सहारा लिए । बाटाेमा हिड्दा खाने जाेहाे कहि पनि भएन । कतै फाट्टफुट्ट पसल खुलेकाे भएपनि उनीहरूकाे गाेजामा पैसा नै कहाँ  थियाे र ? भाेकाे पेट पैदल यात्रा उनले पाेख्दा मात्रै पनि पिडाकाे सहज आँकलन गर्न सकिन्थ्याे ।

“तिन दिन पछि आजै हो भात खान पाएको” उनले भने । भात खान पाउँदा मात्रै पनि उनकाे अनुहारमा वेग्लै उज्यालाे दैडिरहेकाे देखिनथ्याे ।

उनले दाङ्ग आउँदासम्म ८ वटा गाडी परिवर्तन गरे

लकडाउनको अवधि अनिश्चितकालका लागि हुने भएपछि उनीहरु घर फर्कनुको विकल्प थिएन । केही दिन वडाले दिएको चामलले ज्यान धानेको भएपनि लकडाउन लम्विएपछि त्यो पनि सम्भव भएन । घरकाे समस्या टार्न गएका आफै समस्यामा पर्ने भएपछि फर्कने निधाे गरे ।    उनीसँगै गएका १६ जनाले घरतिर बाटाे तताए । “जे हुन्छ घरमै सहौला भनेर हिडेका हौ” बाटामा उनीहरुले अनेक खालको सास्ती खेप्नुपर्यो ।

चाउँचाउँ र चिउराको भरमा आएका उनीहरु तुलसीपुरमा आएर खाना खान पाएपछि खुसी भएका थिए । “भात खान पाउँदा पनि कस्तो होला जस्तो लागेको थियो” उनले भने ।

यस्तै भोगाई छ कालीमाटीकै छविलाल ओलीको पनि । उनले दाङ्ग आउँदासम्म ८ वटा गाडी परिवर्तन गरे । हिड्दै र गाडी चढ्दै ३ दिनमा आइपुगेका उनले पनि तुलसीपुर मै आएर खाना खान पाए । “यहाँ आएपछि गाडी पनि मिल्यो, खान पनि पाइयो” ओलीले खुसी व्यक्त गरे ।
विभिन्न ठाउँमा जाने यात्रुहरु तुलसीपुरमा अलपत्र परेपछि यहाँका विभिन्न संघसंस्थाहरुले शनिवारबाट खाना खुवाउन सुरु गरेका हुन् ।

अलपत्र परेकालाई खाना खुवाउनुका साथै गन्तव्य सम्म पुर्याउने काम यहाँका विभिन्न संघसंस्थाले गरिरहेका छन् । “आज मात्रै ७० जनालाई खाना खुवाउनुका साथै उनीहरुलाई गन्तव्य सम्म पुर्याइएको छ ” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले भने ।

तनहुँ, लमजुङ्ग, धादिङ्ग, नुवाकोट,काठमाडौ, सिन्धुपाल्चोक लगायतका ठाउँबाट आएका यात्रुहरुलाई तुलसीपुरमा खाना खुवाइएको हो ।

सल्यान काँडागिठीकी पवित्रा पुन पनि खाना पाउनुका साथै घर पनि सजिलै जान पाउँदा खुसी थिइन् । गाडीमा चढ्दै हिड्दै उनी ७ वर्षिय छोरा सविन पुनलाई ल्याएर आएकी हुन् । “यहाँ आउँदासम्म ८ वटा गाडी चेन्ज गरिसक्यौ” उनले भने ।

तुलसीपुर उपमहानगरपालिका, वडा नम्वर ५, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर नगर जेसिज,रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटी, लायन्स क्लव र लियो क्लव अफ दाङ्ग लगायतले सहयोग गरेका छन् । यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि त्रिसिद्धेश्वरी राप्ती प्राली र तुलसीर ट्याक्सी समितिले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस