९ दिनमा दाङ्ग आएका श्रमिकको पीडा, बाटाे खर्च पनि चोरले लुटे

पाइतालाका दुःख १

बैशाख ०६, २०७७

 

 

“सधै केही न केही बोकेर घर गइन्थ्यो यसपटक दुख मात्रै लगेर भइने भइयो”

 

सल्यान झिम्पेका लोकवहादुर विष्ट गाउँभरिका मान्छेलाई खेरेर गोरखा पुगे । ६ महिना अघि त्यहाँ पुगेका उनी घर वनाउने काममा लागेका थिए । दशैमा पैसा कमाएर घर फर्कने उनीहरु सबैको योजना थियो । तर लकडाउनेले उनीहरुको योजनामा पूर्णविराम लगाइदियो ।

“सुरुमा त ठेकेदारले खाने वस्ने व्यवस्था गरे पछि लकडाउने वढ्दै जाँदा उनले पनि वास्ता गर्न छाडे ” विष्टले भने । लकडाउनको समयमा के गरि खाने ? उनीहरुमा अन्यौलता भयो । अभाव भयो । भोकमरीले ज्यानै जाने सम्भावना भयो । अनि गाउँबाट गएका सबैले पोको पुन्तुरो वाँधे र पुर्पुरोमा हात राखेर घर जाने बाटोको रेखा कोरे ।

दुइ दिन लगातार हिडेर नारायणगढ आएका उनीहरु साँझ नारायणीको तिरमा बिसाए । विहानै गन्तव्य तिर हिडेका उनीहरुमाथि गैडाकोट काट्ने वित्तिकै आक्रमण भयो । आक्रमण गर्नेहरुले सबैबाट पैसा लुटे । बाटा खर्च बाहेक उनीहरुसँग के नै थियो र ? चोर्नेहरुको खुराक पुगेनछ क्यार उनीहरुले सबैको मोबाइल समेत लुटे ।

“चोरी भएपछि स्थानीय प्रहरी कहाँँ गएर भन्यौ उनीहरुले मान्छे खोज्छौ भने कहिलेसम्म वस्ने सबै हिड्यो त्यहाँबाट पनि” घमण्डवहादुर सुनारले भने । मोवाइल नभएकाले प्रहरीसँग कुरा हुन नपाएको पनि उनले वताए । पैसा नभएर उनीहरुले ठेकेदारबाट बाटो खर्च सापट पैसा मागेका थिए । त्यही पनि लुटिएपछि बाँकी के रह्यो र ? भगवान भरोसा उनीहरुको घरको यात्रा अगाडि वढिरह्यो ।

कहिलेकाही जंगलमा रात पथ्र्यो उनीहरु त्यहि सुस्ताउँथे । “जंगलको बाटो हिड्दै गर्दा पानी पथ्र्यो भिज्दै हिड्थ्यौ” विष्टले भने ।

“मन भएका मान्छेहरुले बाटोमा केही खान दिए खाने नत्र भोकै हिड्ने” सुनारले भने । उनका अनुसार कोही दयालु मन भएका चालक भेटिए प्रहरी चौकी वारीसम्म लैजाने गर्थे । “प्रहरीले भेटे त गाडी पनि राखिदिन्थ्यो” उनले भने । “सबैलाई प्रहरीकै डर थियो”

यस्तै दुखको भारी वोकेर काठमाडौबाट ९ दिनमा आइपुगेका छन् । प्रशान्त घर्ती मगर । “साँहुले १ हजार दिएको थियो त्यसले चाउँचाउँ किनेर खादै खाँदै आयौ ” बाटोमा पैसा सकिएपछि दयाँ हुनेले दिए खाने नत्र भोकै आउने भयो” उनले भने । कहिलेकाही जंगलमा रात पथ्र्यो उनीहरु त्यहि सुस्ताउँथे । “जंगलको बाटो हिड्दै गर्दा पानी पथ्र्यो भिज्दै हिड्थ्यौ” विष्टले भने ।

सिन्धुपाल्चोक मुडेमा बाटोको काम गर्दै आएका शंकर राना ११ दिन पछि तुलसीपुर आइपुगे । विरेन्द्र चोकमा सुन्निएका खुट्टा देखाउँदै उनले पहिलोपटक यति धेरै दुख पाएको वताए । “सरकार छ भन्ने केही महसुस भएन ” उनले गुनासो गरे ।

तुलसीपुरबाट घर जान लाग्दा उज्यालो हुनुपर्ने उनको अनुहार धेरै अँध्यारो भयो “सधै केही न केही बोकेर घर गइन्थ्यो यसपटक दुख मात्रै लगेर भइने भइयो”

 

प्रतिक्रिया दिनुहोस