नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

बैशाख ०५, २०७७

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट पछि १४ जना थपिएको पुष्टि गरे।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस