रूकुम पश्चिमका दुई जनामा कोरोना पाेजेटिभ

बैशाख ०४, २०७७  |  ५३७ पटक पढिएको

तुलसीपुर ।    रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। उनीहरू केही दिनअघि मात्रै भारतबाट आएका हुन । धनगढीको पिसिआर मेसिनमा परीक्षण गर्दा दुईजनामा कोरोना भेटिएपछि फेरि जाँच्नका लागि स्वाब विहीवार काठमाडौं पठाइको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएको र फेरि परीक्षण गर्न काठमाडौं पठाइएको जानकारी दिएका छन् ।

 

उनले सुर्खेतमा पिसिआर मेसिन नभएका हुँदा आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाइएकोमा दुई जनाको पोजेटिभ देखिएको खड्काले जानकरी दिए । कोरोना देखिएका दुबैजना युवा होम क्वारेन्टाइनमा बस्दै आएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस