वित्तिय अधिकृत घर्तीले गरे राहत कोषमा ५५ हजार सहयोग

बैशाख ०४, २०७७


तुलसीपुर । कोरोना संक्रमणको उद्दार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा वित्तिय अधिकृत ललित घर्तिले राहत कोषमा सहयोग गरेका छन् । उनले नगरप्रमुख पाण्डेलाई ५५ हजार सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

गरिब र विपन्न वर्गको घरमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरेको उनले वताए । ‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको छ ’ सहयोगी घर्तीले वताए ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । चेक ग्रहण गर्दै नगरप्रमुख  पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस