भारतबाट तरकारी ल्याउनुको रहस्य, किन्ने मुल्य २० वेच्ने मुल्य ७०

बैशाख ०४, २०७७

तुलसीपुरमा किसानको खेतबाट ५० रुपैया पर्नेलाई भारतबाट ल्याउँदा २० पर्ने देखिएको छ । भारतबाट आउने तरकारी स्थानीय तरकारीको तुलनामा धेरै विषादीयुक्त पनि हुने गरेको छ ।

तुलसीपुर । भारतबाट तरकारी ल्याउँदा कोरोना संक्रमणको प्रकोप फैलन सक्ने कुरालाई मध्यनगर गरेर तुलसीपुर उपमहानगरपालिकाले सर्वपक्षिय भेला राख्यो । सबैको एउटै मत आयो तत्कालका लागि स्थानीय तरकारीले भ्याउने भएकाले वाहिरबाट नल्याउने । निर्णय पनि सोही अनुसार भयो ।

सबैले गरेको निर्णय विपरित भारतबाट तरकारी आउने क्रम भने रोकिएन । यसरी अटेर गर्नेहरुलाई स्थानीय सरकारको समन्वयमा कारबाही गरिएको छ । घोराहीमा भारतबाट आएको तरकारी नष्ट गरिएको छ भने तुलसीपुरमा तरकारी वजार नै केही समयमा लागि शिल गरिएको छ ।

दाङ्ग तरकारीको पकेट क्षेत्रका रुपमा रहेको भएपनि किन भारतबाट तरकारी आउँछ त ? अहिले आम मानिसमा यही प्रश्न रहेको छ । तुलसीपुरमा तरकारी वजार वन्द भएको २ दिन भएको छ तर जनताले अभाव महसुस गरेका छैनन् । गाउँबाट मनग्ये तरकारी आइरहेको छ ।

तुलसीपुर तरकारी तथा फलफुल वजार व्यवस्थापन समितिका सचिव माधव घिमिरे भारतबाट आउने तरकारी तुलसीपुर मै प्रयाप्त उत्पादन हुने गरेको वताउँछन् । “टमाटर र तरकारीको लागि बालापुर, लामिदमार, बखरिया, पत्कौली लगायतका ठाउँबाट आउने नै प्रयाप्त त तुलसीपुरका लागि” सचिव घिमिरेले वताए ।

लकडाउनको समयमा तुलसीपुर आसपास मै तरकारी पाउने भएपनि ठूलो जोखिम मोलेर भारतबाट तरकारी ल्याउने गरिएको छ । भारतबाट तरकारी ल्याउँदा विचौलियालाई ठूलो फाइदा हुने भएकाले यस्तो गरिएको तथ्यबाट खुलेको छ । भारतबाट ल्याइएको तरकारीको अनुगमन गर्ने क्रममा निकै सस्तो दरमा तरकारी पाउने गरेको खुलेको हो ।

वजारमा ७० रुपैया केजी पाइने टमाटर भारतबाट २० रुपैया किलो आउने गरेको पाइएको छ । तुलसीपुरमा भारतिय तरकारी विक्री गरिरहेको इमरान आलु पसलका नाममा नेपालगञ्जमा रहेको धनिस सप्लायर्सले एक किलो टमाटरको मुल्य विस रुपैयाको दरमा विल काटेको छ । यसैगरी विभिन्न तरकारीहरुको एकमुष्ट मुल्य १५ रुपैया अनुसार विल काटिएको छ । भारतबाट ल्याएर विक्री गरिने तरकारीको मुल्य कम्तिमा पनि ७० रुपैया किलो रहेको छ ।

तुलसीपुरमा किसानको खेतबाट ५० रुपैया पर्नेलाई भारतबाट ल्याउँदा २० पर्ने देखिएको छ । भारतबाट आउने तरकारी स्थानीय तरकारीको तुलनामा धेरै विषादीयुक्त पनि हुने गरेको छ ।

“भारतको तरकारी वजारमा छ हाम्रो तरकारी खेलमा कुहिएको छ ” एक किसानले भने । उनले भारतबाट आउने दरमा विचौलियाले माग्ने गरेको वताउँदै सो अनुसार दिन नसकिने पनि वताए । “वजारमा हामीले भन्दा केयौ गुणा वढिमा वेच्छन् अनि हामीसँग भने सस्तो खोज्छन्” तरकारी किसान विनोद चौधरीले भने ।


भारतबाट सस्तो दरमा आउने भएपनि उपभोक्ताले महंगो मै तरकारी किन्नुपरेको गुनासो गरेका छन् । “जहाँको तरकारी भएपनि हामीलाई तरकारीको मुल्य सधै महंगो हुने गर्दछ” उपभोक्ता माया केसीले भनिन् । उनले स्थानीय रत भारतबाट ल्याइएको तरकारीको मुल्य एकै हुने पनि वताइन् ।

भारतबाट तरकारी आउन वन्द गरिएपछि अहिले किसानहरुमा खुसी छाएको छ । उनीहरु तरकारीले उचित मुल्य पाएको भन्दै खुसी भएका हुन् ।

भारतबाट सस्तोमा ल्याएर निकै महंगोमा वेच्ने गरेको पाइएकाले कारवाही गरेर गाडी उपमहानगरपािलकामा राखेर जरिवाना गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस