लकडाउनमा मेरो अनुभव

लकडाउन डायरी

बैशाख ०३, २०७७

 

 

समाजमा अहिले फेसबुक, टुइटर चलाउने मान्छेलाइ मात्र सभ्य मानिन्छ । अझ मान्छेहरु के सम्म गर्छन भने आफ्ना साना छोराछोरीका नाममा फेसवुक खोलेर आफैले चलाउने गरेको पनि पाइन्छ । पछि वच्चाले त्यसमा आफै अभ्यस्त हुन्छन ।

गत फागुनको २८ गते देखि शुरु भएको कक्षा ८ को वार्षिक परिक्षा चैतको ६ गते समाप्त भएको थियो । चैतको ३० गते रिजल्टको जानकारी विद्यालयले गराएको थियो । विगतका वर्षमा समय कति छिटो वित्थ्यो थाहै नपाउदै विद्यालय जाने समय आउथ्यो ।

तर यस पटक त्यस्तो अवस्था रहेन । बिद्यालय बिदाको समयमा धेरै योजना बनेको थियो मामा घर जाने, त्यहा भाइसंग खेल्ने ,वावाले मलाइ यो पटकको विदामा पोखरा घुमाउने भन्नु भएको थियो । कोरोनाको भयावह संत्रासले गर्दा सवै योजना भंग भए ।

वच्चालाइ सानै देखि मोवाइल दिएर खाना खुवाउने, हरेक काममा मोवाइलसंग वच्चालाइ राख्ने गर्दा वच्चा विस्तारै मोवाइलमा वानी परेको हो ।

 

पिँजडामा थुनिएको पन्छी झै हामी सबै आफ्नो घरमा थुनिन बाध्य भयौ । घरभित्र यसरी खुरुक्क वसेको सायद मेरो जीवनमा पहिलो पटक हो । सधैंको पढाइ सधैंको होमवर्कमा दिन महिना विताउनु पथ्र्यो । परिक्षा सकिएको दिनवाट शुरु हुन्थ्यो रमाइलो गर्ने लिस्ट वन्थ्यो । तर यसपाली कोरोनाका कारण लिस्ट वनाउने काम खतम भयो ।

अहिलेका वालवालिकाले प्रविधि बिना एक दुइ घण्टा पनि बस्न सक्दैनन भनेर वावुआमाको गुनासो हुन्छ । हो यो कुरा सत्य हो , तर बालबालिकालाइ यस्तो वनाउने उनका बाबुआमा नै हुन् । वच्चालाइ सानै देखि मोवाइल दिएर खाना खुवाउने, हरेक काममा मोवाइलसंग वच्चालाइ राख्ने गर्दा वच्चा विस्तारै मोवाइलमा वानि परेको हो ।

समाजमा अहिले फेसबुक, टुइटर चलाउने मान्छेलाइ मात्र सभ्य मानिन्छ । अझ मान्छेहरु के सम्म गर्छन भने आफ्ना साना छोराछोरीका नाममा फेसवुक खोलेर आफैले चलाउने गरेको पनि पाइन्छ । पछि वच्चाले त्यसमा आफै अभ्यस्त हुन्छन । अहिले संसारभर लकडाउन चलेको छ । २०७६साल चैतको ११ गते वाट चलेको लकडाउन २०७७ बैशाख १६ गते सम्मलाइ लागिरहेको छ ।

यो समयमा विदा भएकाले म परिवार संग वस्न पाएको छु । मलाइ हरेक कुरामा साथ सहयोग दिने बाबा मामु संग पारिवारिक वातावरणमा रमाउन पाउदा धेरै खुसी छु । घर वाट वाहिर गएको छैन । दैनिक रुपमा नोट लेख्ने गरेको छु । म संगै पढने साथिहरु पनि घरमै सुरक्षित हुनुहुन्छ भन्ने ठानेको छु । आफ्नो र परिवारको स्वास्थ्यको लागि घरभित्र वसेर असल नागरिक वन्न खोजेको छु ।

प्रतिक्रिया दिनुहोस