राहत कोषमा अश्वारा खानेपानीको १० हजार

बैशाख ०३, २०७७

 

तुलसीपुर । कोरोना संक्रमणको कारण लकडाउनमा परेका मानिसको उद्दार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् व्यवस्थापन कोषमा अश्वारा खानेपानी तथा सरसफाई समितिले नगद सहयोग गरेको छ ।

समितिका अध्यक्ष शिवहरी भण्डारीले नगर प्रमुख घनश्याम पाण्डेलाई समितिका तर्फबाट १० हजार रकम हस्तान्तरण गरेका हुन् ।
विपदमा परेकाहरुलाई सहयोग होस् भनेर राहत वितरण सहयोग गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनले आवश्यक अन्य सहयोगका लागि पनि आफु तयार रहेको वताए ।

राहत वुझ्दै नगरप्रमुख घनश्याम पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए । उनले कोराना संक्रमणको विभिन्न पक्षबाट मुल्यांकन गरेर चरणवद्ध योजना वनाएको कुरामा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस