दाङ्ग उद्योग वाणिज्य संघले गल्ती सच्यायो

समाचार प्रभाव

बैशाख ०३, २०७७

तुलसीपुर । घरघरमा ताजा तरकारी र फलफुल पुर्याउने कार्यमा सहकार्य गर्दै आएको दाङ्ग उद्योग वाणिज्य संघले भारतबाट अवैध ढँगले ल्याइएको तरकारी विक्री गरेको रहस्य खुलेसँगै आत्मालोचना गरेको छ ।

घोराहीको वजारमा खुलेयाम उद्योग वाणिज्य संघको ब्यानर टाँसेर भारतबाट ल्याएको तरकारी विक्री वितरण भइरहेको वारेमा खवरशालामा समाचार आएपछि संघले गल्ति सच्याएको हो ।

दोब्बर मुनाफाको लोभमा किसानको बारीमा फलेको तरकारी वेवास्था गरेर भारतबाट ल्याइएको तरकारी घरघरमा विक्री गर्ने गरेको भनेर संघको चर्को आलोचना समेत भएको छ ।

समाचार आएसँगै होम डेलीभरिको संयोजन गरिरहेका संघका सदस्य रामप्रसाद पोख्रेलले जिम्मेवारीबाट राजीनामा समेत दिएका छन् । यसैविच महासचिव नरेश कार्कीले पनि संघको व्यानरको दुरुपयोग भनेर दोषिलाई कारवाही गर्ने वताएका छन् ।

प्रतिक्रिया दिनुहोस