फेसवुकमा कोरोना संक्रमणको अफवाह फैलाउने न्यौपाने पक्राउ

बैशाख ०२, २०७७

 

तुलसीपुर
२ वैशाख/ दाङमा फेसवुकमा अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

न्यौपानेले मंगलबार विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेको प्रहरीले बताएको छ । यस बिषयमा आबश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

न्यौपानेले घोराहीमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस