भारतिय तरकारी नराेकिएपछि , तुलसीपुर तरकारी वजार सिल गरियो

बैशाख ०२, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको तरकारी तथा फलफुल वजारमा भारतबाट ल्याइएको तरकारी तथा फलफुलको अवैध प्रवेश वढेपछि सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतको अनुगमनबाट भारतीय तरकारी अवैध ढँगबाट भित्रिएको भन्दै सिल गरिएको हो ।

कोरोना संक्रमणको प्रकोप वढिरहेको समयमा पनि भारतबाट कुनै पनि प्रक्रिया पुरा नगरेर गाडी ल्याउने गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिए । उनले स्थानीय सरकारले सर्वपक्षिय भेला राखेर भारतबाट तरकारी ल्याउन वन्द गर्ने भन्ने निर्णय गरेपनि त्यसको अवज्ञा गरेकाले सिल गर्नुपरेको वताए । उनले गाडी चालकबाट पनि संक्रमण हुने सम्भावनालाई मध्यनजर गरेर यस्तो कदम उठाइएको जानकारी दिए । हरेक दिन तरकारी वजारमा ५ वटासम्म भारतिय गाडीले तरकारी ल्याउने गरेका छन् ।

“तरकारी जस्तो अत्यन्त संवेदशिल कुरामा यस प्रकारको लापरवाही राम्रो होइन”अध्यक्ष रावतले भने । उनको अनुसार तरकारी वजार ३ दिन सम्मका लागि वन्द गरिनेछ ।

उनले स्थानीय वजारमा प्रसस्त तरकारी आउने भएको भएपनि त्यसको वेवास्था गरेर अहिलेको अवस्थामा पनि भारतबाट तरकारी ल्याउन असुरक्षित भएको वताए ।

यसैविच भारतिय तरकारी र फलफुल विक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज फ्रुट हाउसका सञ्चालकलाई कारवाही गरिने भएको छ । सञ्चालक दुवैलाई संक्रमणको आशंकामा तुलसीपुरको क्वारेन्टाइनमा लगिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

यसैविच भारतबाट अवैध ढँगले तरकारी ल्याउने गाडी चालक र विक्रेतालाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुले तरकारी कसरी ल्याए भन्ने वारेमा अनुसन्धान भइरहेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत रेवा रावतले जानकारी दिइन् । यसैविच वडा नम्वर ५ मा रहेको साँझा वजारमा पनि अनुगमनका क्रममा भारतिय तरकारी प्रसस्त मात्रामा भेटिएपनि सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस