जन्मदिनमा निलसागर सेवा आश्रमलाई खाद्य सामग्री

बैशाख ०१, २०७७

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । जन्म दिन मनाउने तरिका आ-आफ्नै हुन्छन् । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखाै रूपैयाँ खर्च गरिरहेका हुन् ।

तर  देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुलचोकका उद्योगपती तथा राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले अफ्नो ४३ औ जन्म दिन फरक तरिकाले मनाएका छन् ।

विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै उनले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई खाद्य सामाग्री दिएर आफ्नो जन्म दिन मनाएका छन् ।

उनले २१ हजार ५ सय ५१ रूपैयाँ बराबरको दाल,तरकारी,विस्कुट,तेल लगायतका खाद्य सामाग्री र ३० थान झुल प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस