कैलालीकी संक्रमित महिलासँगै आएकी दाङ्गकी महिलाको पहिचान, परिवारका ५ जना सहित आइसोलेसनमा

बैशाख ०१, २०७७

तुलसीपुर ।

कैलालीमा संक्रमित महिलासँगै ट्राभल गरेका दाङ्गकी महिलाको पहिचान भएको छ ।

कैलाली पुगेकी ६५ बर्षीया संक्रमित महिलासंगै एउटै गाडीमा यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोलकी एक महिला र उनका परिवारका थप पाँच सदस्यलाई वेलझुण्डी आइसोलेनमा राखिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती महिलाको पहिचान गरेर दाङ तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पतालमा लगिएको जानकारी दिए । उनीसँगै उनका परिवारका ५ जनालाई पनि लगिएको छ ।

उनीहरुको स्वाब परिक्षणका लागि तयारी गरिएकाे छ ।

विरगन्जवाट कैलालीको लम्की चुहा नगरपालिका–१ स्थित आफन्तकोमा गएकी एक ६५ बर्षीया महिलामा सोमवार मात्रै कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । त्यसपछि प्रहरीले उनीसंगै यात्रा गरेकी दाङकी ती महिलाको पनि खोजी सुरु गरेको थियो ।

संक्रमित महिलासँगै १७ जनाको टोली वीरगञ्जबाट गत चैत १७ गते कैलालीको लम्की पुगेकोमा दाङकी एक महिला र सुर्खेतका अर्का एक जना थिए । अन्य जम्मै तीनै संक्रमित महिलाका परिवारका सदस्यहरु थिए

प्रतिक्रिया दिनुहोस