किसानले दिए प्रहरीलाई दुध

खबरशाला संवाददाता

बैशाख ०१, २०७७

तुलसीपुर । लकडाउनको समयमा दुध उत्पादक किसानले नागरिकको सुरक्षाका लागि खटिने प्रहरीलाई निशुल्क रुपमा दुध उपलब्ध गराएका छन् । उनीहरुले लकडाउनका कारण विक्री नभएको दुध सुरक्षामा खटिने प्रहरीलाई राहत होस् भन्नका लागि वितरण गरिएको वताए ।


राष्ट्रिय व्यवसायी पशुपालक तथा दुग्ध उत्पादक कृषक संघ नेपाल तुलसीपुर नगर कमिटिले तुलसीपुरका सुरक्षाकर्मीलाई दुध वितरण गरेको छ

कृषकले उत्पादन गरेको दुध संकलन गरी तुलसीपुर ट्राफिक प्रहरी र प्रहरी चौकी बेलुवालाई दुध उपलब्ध गराएको समितिका कोषाध्यक्ष चन्द्र बहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार क्रमस २५ र २० लिटर दुध वितरण गरिएको हो ।

दुध वितरण कार्यक्रममा तुलसीपुर नगर समितिका अध्यक्ष लोकराज डाँगी, जिल्ला अध्यक्ष शशिराम बुढाथोकी, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल लगाएको सहभागिता रहेको उनले जानकारी दिएका छन् । समितिले यस अघि पनि शसस्त्र प्रहरी तुलसीपुर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई दुध उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस