प्रतिनिधि सभा सदस्य चौधरीद्वारा राहत कोष स्थापना

चैत १७, २०७६

                                                                                                                                 

 

 ओमप्रकाश गुप्ता
सिसहनियाँ, कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले राहत कोष स्थापना गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कोष निर्माण गरेको जानकारी गराएका छन् । अहिले धेरै नागरिकका घरमा खानाको अभाव हुन थालिसकेको र नाका क्षेत्रमा पनि भारतबाट रासन ल्याउन नसकेको कारण त्यहाँ पनि अप्ठ्यारो अवस्था आउन थालेको जानकारी आइसकेपछि उक्त समस्यालाई मध्यनजर गर्दै प्रतिनिधि सभा सदस्य चौधरीकै संयोजकत्वमा कोभिड कोरोना भाइरस २०२० राहत कोष निर्माण गरिएको छ । कोषका सदस्यहरूमा सचिवालय सदस्यहरू सुरामणि बेलबासे, मिना गुरूङ र रतनकुमार केसी रहेका छन् । भने सम्पर्क ब्यक्तिहरूमा दाङ निर्वाचन क्षेत्र १ भित्रका नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० का स्थानीय पालिकाका संयोजक र सचिवहरू रहेका छन् र अन्य महत्त्वपूर्ण ब्यक्तिहरू रहेका छन् । यसै बिच उनले राहत कोषमा राहत जम्मा गर्नका लागि सबै महानुभावहरूमा आफनो इच्छा र चाहना अनुसार राहत जम्मा गर्नको लागि अनुरोध पनि गरेका छन् । राहत रकम बैँक मार्फत वा प्रतिनिधि सभा सदस्यको फेसबुक स्टाटसको कमेन्ट बक्समा आफनो नाम ठेगाना, राहत राशी वा सामग्री र आफनो मोबाइल नम्बर समेत राखी सहयोग गर्न अनुरोध गरेका छन् ।
राहत प्राप्त गर्न स्थानिय पार्टी कमिटिहरू, स्थानिय जनप्रतिनीधिहरू र समाजिक संघ संस्थाहरूको सिफारिसमा सचिवालयले निर्णय गरेपछि मात्र पाउन सकिने बताइएको छ । सो राहत निर्वाचन क्षेत्र भित्रका प्रभावित जनसमुदायहरू, सरकारी अस्पतालका कर्मचारीहरू र सुरक्षा निकायले पाउने छन् । राहत सामग्रीमा चामल, दाल, खाने तेल, आँटा, चिनी चियापत्ति र आलु रहने बताइएको छ । प्रत्येक सात दिनमा सचिवालयले कोभिड कोरोना भाइरस(१९ मा रहेको राहत कोषको बारेमा सार्वजनिक गर्नेछ । सो रकम अन्य कुनै पनि काममा प्रयोग नगरिने पनि बताइएको छ। भने कोरोना भाइरस (१९ सकिएको एक हप्तामा सम्पूर्ण राहत रकमको बिबरण सार्वजनिक गरिने चौधरीले बताएका छन् ।
कोभिड कोरोना भाइरसले विश्व त्रासको अवस्थामा छ । आज सम्म ३० हजार ९ सय ८२ जना भन्दा बढीले ज्यान गुमाईसकेका छन् । भने तिब्र गतिले संक्रमित हुँदै छ र यो संख्या पनि ६ लाख ६९ हजार ३ सय १२ जना पुगि सकेको छ र नेपालमा पनि दिनहु संक्रमितको संख्याम वृद्धि भइरहेको छ । यसैलाई मध्यनजर गरेर नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि चैत्र १८ गते सम्मको लागि लकडाउनको समेत घोषण गरेको छ र आइतबार देखि थप ७ दिन थपेर लकडाउनको अवधि २५ गते सम्म पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस