किराना पसलमा आगलागी

चैत १८, २०७६

ओमप्रकाश गुप्ता 

कोरोना भाइरसले जनजीवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८:१५ बजेको समयमा आगलागीभएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ ।

अागलागीबाट किराना पसलका सामान जलेर खरानी भएको छ भने पसल भित्र रहेको मोटरसाइकल र पसलमा रहेको नगद २ लाख रूपैयाँ समेत जलेर खरानी भएको प्रहरीले जानकारी दिएको छ । विधुत सट भएर आगलागीभएको प्रहरीले बताएको छ ।

अागोलाई स्थानीयबासी,प्रहरी र दमकलको सहायतामा ९:३० बजे नियन्त्रणमा लिएका थिए । अागलागीबाट कति क्षेती भयो भन्ने विषयमा विवरण अाउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस