किलाेकाे एक सय रुपैयाँमा ब्रोइलर

चैत १८, २०७६

 

ओमप्रकाश गुप्ता

अर्घाखाँचीको लाहापेका किसानहरू बोइलर कुखुरा एक सय रूपैयाँमा बिक्री गर्न बाध्य भएका छन् । कोरोना भाइरसका कारण सरकारले लामो लकडाउनकाे घाेषणा गरेपछि दाङ्ग देउखुरी लगायत देशैभरका कुखुरापालक व्यवशायीहरु पुर्पुरोमा हात लगाउदै रन्थनिएका छन् । पूर्वी देउखुरीको भालुवाङ्ग देखि राप्ती नदिपारी अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका ८ लाहापेका कुखुरापालक व्यवशायीहरुले जिउँदो कुखुरा तौलेर १सय रुपैयाँ किलोको दरले बेच्न बाध्य छन् । किसानका कुखुरा बिक्री हुन छाडेपछि बेच्न तयारी अवस्थामा रहेका ब्रोइलर कुखुरा सस्तो मुल्यमा गाउँमा घुमाएर बिक्री गर्नु परेको कुखुरापालक किसानहरूले बताएका छन् । कुखुरा बिक्री हुन छोडेपछि कृषकहरु मारमा परेका छन् । तस्वीरमा देखाए झैँ यातायात सुविधा बन्द भएकोले दुईजना मानिसले एउटा लठ्ठीमा यसरी कुखुरा झोता पारेर झुण्डाउदै लगेर बेच्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस