समाजसेवी सापकोटाले २०० विपन्नलाई खाद्यान्न दिने

चैत १८, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ दुधेना निवासी केशव सापकोटाले नवदुर्गा सामुदायिक वनका तर्फबाट कोरोना पिडित २ सय विपन्न परिवारलाई खाद्यान्न दिने भएका छन् । उपमहानगरपालिकाले कोरोना पिडितलाई राहत प्रदान गर्नका लागि वनाएको तुलसीपुर फुड वैकमा सापकोटाले प्रति परिवार २५ केसीका दरले चामल उपलब्ध गराएका छन् ।
“गरिब तथा विपन्न वर्गका मानिस भोकै वस्न नपरोस् भन्नका लागि मैले यस्तो गरेको हुँ” सापकोटाले भने । उनले उपलब्ध गराएको चामल फुड वैक मार्फत वडा नम्वर ८ र ९ मा वितरण गरिने भएको छ । सापकोटा नवदुर्गा सामुदायिक वनका अध्यक्ष समेत हुन् ।
यसैविच नगरप्रमुख घनश्याम पाण्डेले फुड वैकलाई सहयोग गरेकोमा सापकोटालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस