भालुवाङमा रहेका ५८ जना मजदुरलाई वडाले गन्तव्यमा पठायो

चैत १७, २०७६

ओमप्रकाश गुप्ता

भालुवाङ १७ चैत्र ।दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ ।

वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यावसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर गरि २८ जना अर्घाखाँची,२८ जना रौतहट,१ जना बर्दिया र १ जना तौलिहवा गरि ५८ जना मजदुरहरूलाई गन्तव्यमा पठाएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् ।

साथै उनले अाफ्ना वडामा अलपत्र परेका व्यक्तिहरू अलपत्रमा परेको भए ९८५७८४०६७१ मा खवर गर्न अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस