दाङ्गका घर धनीहरुलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन

चैत १७, २०७६

 


तुलसीपुर । जिल्ला प्रशासन कार्यालय दाङ्गले विज्ञप्ती जारी गरेर घरधनीहरुलाई निर्देशन दिएको छ । कोठा भाडाको वस्ने विद्यार्थी र स्वास्थ्यकर्मीलाई कोरोना प्रकोपको सन्त्रासका कारण अमानविय ढँगले घरमा नवस्न भनेपछि प्रशासनले चासो दिएको हो ।

कार्यालयले जारी गरेको विज्ञप्तीमा कुनै पनि प्रकारको दवाव नदिनका लागि उल्लेख गरिएको छ । ‘स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा काम गर्ने र अध्ययनका लागि भाडामा वस्ने विद्यार्थीलाई घर छाड्नका लागि अनावश्यक दवाव दिन मिल्दैन’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा कसैले सुचनाको अवहेलना गरेका कानुन वमोजिम कारवाही गरिने समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस