लकडाउनको उल्लंघन गर्दै वडामा भिड लगाएर लगत संकलन
ओमप्रकाश गुप्ता
भालुवाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले लकडाउनको उलंघन गर्दै वडामा भिड लगाएर लगत संकलन गरेको छ । लगत संकलनका लागि वडाले गरिव परिवारलाई वडामा बोलाएर भिड लगाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध नहुन थालेपछि प्रहरी अाएर सो कार्य रोकेको एक स्थानीयले बताइएका छन्।
वडाले लगत संकलनका लागि नागरिकता लगायत अावश्यक सामाग्री वडामा माग गरेको थियो । लगत संकलनका लागि वडाले गरिव तथा ज्यालादारी गर्ने परिवारको घरमै पुगेर उनीहरूको अवस्था बझेर लगत संकलन गर्नु पर्नेमा वडाले नियम विपरीत काम गरेको पाइएको थियोे । तर अहिले सो कार्य रोकिएको वडा अध्यक्ष चन्द चाैधरीले जानकारी दिएका छन् ।
हामीले सिफारिसका लागि बोलाएका थियौं तर भिड हुन थालेपछि रोकेको वडा अध्यक्ष चाैधरीले स्वीकार गरेका छन् । यता वडा सचिव दामोदर पोख्रेलले भने वडामा रहेका टोल विकास समितिलाई वडाबाट लगत संकलन गरि पालिकामा पठाउने भनेकोमा गलत बुझाइका कारण स्थानीयहरू वडामा अाएको बताएका छन् । वडामा अाएका स्थानीयलाई फिर्ता पठाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस