तुलसीपुरमा अक्सिजन दिन र लिन अक्सिजन बैक, यी नम्बरमा फाेन गर्नुहाेस्

खबरशाला संवाददाता  |  बैशाख १, २०७८

तुलसीपुर । कोरोना संक्रमणको महामारीका कारण अक्सिजनको अभावमा धेरैले ज्यान गुमाउन थालेपछि तुलसीपुर उपमहानगरपालिकाले पहलकदमी लिएको छ ।

उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले खाली भएका अक्सिजन संकलन गर्दै त्यसलाई भरेर विरामीलाई वितरण गर्नका लागि यस्तो अभियान सुरु भएको जानकारी दिए ।

‘कतिपय घरमा अक्सिजन सिलिन्डर खाली छन् र कतिपयलाई आवश्यक भएको छ महामारीको समयमा कसरी ज्यान जोगाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ’ उनले भने । अक्सिजन संकलनका लागि उनले विशेष समिति समेत वनाएका छन् ।

अक्सिजन सिलिन्डर घरमा हुनेले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेलाई ९८५७८२१०००, सामाजिक अभियन्ता बिमल रिजाललाई ९८५७८२०१३६ मा , अटो भिलेजका अध्यक्ष पदम पोखरेललाई ९८५७८२०४२५ र विपद व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाङ्गीलाई ९८५७८२०७५७ मा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।


अक्सिजनको आवश्यकता भएकाले पनि सोही नम्बरमा फोन गरेर सहयोग लिन सक्ने पनि नगरप्रमुख पाण्डेले खबरशालालाई जानकारी दिए ।
सरकारको एकल पहलले मात्रै महामारी नियन्त्रण सम्भव नभएको भन्दै सबैलाई सहयोगका लागि उनले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस