ब्रेकिङ्ग खबर

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भारत भ्रमण र अध्यादेशबारे छलफल

खबरशाला संवाददाता खबरशाला संवाददाता • १७ घण्टा अगाडि • १३ पटक पढिएको

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भारतको दुईदिने भ्रमणबाट स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका हुन् । भारत भ्रमणमा प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचनासमेत भएको थियो ।

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेको केही समयपछि प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमण, सरकारले ल्याउन लागेको अध्यादेश तथा सरकारका पछिल्ला कामकारबाहीका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

भारतको दुईदिने भ्रमणबाट स्वदेश फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका हुन् । भारत भ्रमणमा प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचनासमेत भएको थियो ।

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेको केही समयपछि प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमण, सरकारले ल्याउन लागेको अध्यादेश तथा सरकारका पछिल्ला कामकारबाहीका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।