खेलकुद

प्रधानमन्त्री बालेन शाहद्वारा एनपिएल उद्घाटन, सुदूरपश्चिमको खराब शुरुवात

खबरशाला संवाददाता खबरशाला संवाददाता • कार्तिक १०, २०८३ • १२ पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सोमबार तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) उद्घाटन गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित मैदान पुगेका प्रधानमन्त्री शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका हुन्।

उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स प्रतिस्पर्धा गरिरहेका छन्। टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेको छ।

ताजा अवस्थामा ४.४ ओभरको खेल सकिँदा सुदूरपश्चिमले तीन विकेट गुमाएर २८ रन बनाएको छ। अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम यसपटक बदला लिने लक्ष्यमा छ भने लुम्बिनी उपाधि जितको लय कायम राख्न चाहन्छ

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।