सल्यान। सल्यानको कपुरकोट गाउँपालिकामा आँखाको नियमित जाँचदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा सुरु भएको छ।
कपुरकोट आधारभूत अस्पतालमा स्थापना गरिएको आँखा उपचार केन्द्रले शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो। गाउँपालिका र राप्ती आँखा अस्पताल रक्षाचौर, दाङको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो।
केन्द्रबाट आँखाको नियमित जाँच, सामान्य उपचार तथा आवश्यकताअनुसार मोतियाबिन्दुको शल्यक्रियासमेत गरिनेछ। यसअघि आँखासम्बन्धी समस्या हुँदा उपचारका लागि श्रीनगर, दाङ र नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो।
केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण तथा व्यवस्थापन गाउँपालिकाले गरेको छ भने राप्ती आँखा अस्पतालले दुई जना स्वास्थ्यकर्मी उपलब्ध गराएको छ।
गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन र नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरेका हुन्।
केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध हुने जनाइएको छ। उपचार शुल्क भने राप्ती आँखा अस्पतालको नियमानुसार लाग्नेछ।
स्थानीयस्तरमै नियमित आँखा उपचार सेवा सुरु भएपछि नागरिकको समय र खर्च बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
दशैँमा मोटरसाइकलमा लामो यात्रा गर्दा के–के कुरामा ध्यान दिने ?
दशैमा किनमेल गर्दै हुनुहुन्छ , यी कुरामा दिनुहोस् ध्यान
सवारी दर्ताका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
यस्तो छ नेपाल टेलिकमको दशैँ तिहार अफर
जटिल बन्दै मानसिक स्वास्थ्यको : १० मध्ये एक वयस्कमा समस्या
पेशागत सफलताका लागि नैतिकताः प्रधानमन्त्री बालेन






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्