लमही। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२ – ००१ ख ०११९ नम्वरको यात्रुवाहक बस सोमबार लमही नगरपालिका –३ मजगाउँ चोकमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार प्युठानको सरुमारानी गाउँपालिका –५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार दुवै जनाको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको छ ।
प्युठानबाट लमहीबजार आएर प्युठान फर्किने क्रममा अटो दुर्घटनामा परेको हो । पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अघि बढ्नेक्रममा विपरित दिशाबाट तीव्र गतिमा आइरहेको बससँग अटो ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोचालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी संगीत सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डा. केसीले जानकारी दिए ।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
विभिन्न भूभागमा वर्षाको सम्भावना
दाङमा अटो र बस ठोक्किदा दुईको मृत्यु






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्