युवा गीतकार तिलककाे आगाे (भिडियाे सहित)

खबरशाला संवाददाता  |  श्रावण १५, २०७७

तुलसीपुर । दङाली युवा सर्जक तिलक प्रताप चन्दले श्रीमान श्रीमतीकाे झगडा परालको आगो भन्ने कुरालाई शब्द र दृश्यमा उतारेका छन् । कला क्षेत्रमा विभिन्न काम गर्दै आएका चन्दले लाेकप्रिय गायक नरेन्द्र प्यासीकाे स्वरमा ‘तिमी नि आगो म नि आगो’ बाेलकाे गीत बजारमा ल्याएका छन् ।

अहिलेका उम्दा संगीतकार कृष्ण भारद्दवाजले संगीत गरेका छन् ।
गीतको भिडियोलाई गीतकार चन्दले निर्देशन गरेका हुन । अभिनय समेत गरेका चन्दलाइ गीतमा मञ्जु बुढाथोकीले स्क्रिन शेयर गरेकी छिन् ।

गीतलाई सहारा खबर दाङ च्यानलबाट रिलिज गरिएको छ । नरेन्द्र प्यासीका ‘तिमी विनाको जिवन,तिमीले दिने माया अजम्वरी छ भने ’ गीत चर्चामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस