गजल
कपिलमणी
याे मेराे देश तराई पहाड, हिमाल भन्न पाउँ
साेधेमा काेहिले ठेगाना मेराे नेपाल भन्न पाँउ
झुक्दैनाैँ कहिले शत्रुका सामु हामी गाेर्खाली
ठाडाे छ शिर सगरमाथा, बिशाल भन्न पाउँ
अनेक जाती अनेक धर्म अनेक छन् संस्कृती
गाउँदै भजन गाेबिन्द जय गाेपाल भन्न पाउँ
सधैँ छरेर शान्ती दिएर शन्देश बुद्भत्व बाडेर
जाेगाउ धर्म संस्कृती कला नफाल भन्न पाउँ
गुन्जिन्छ बन काेहेल चरि सुसेली हाल्दछिन्
नाच्दछन् डाँफे बनपाखा भरि मुनाल भन्न पाउँ
चाहिँदैन पिज्जा चाहिँदैन बर्गर नेपाली हुँ म त
खानामा सधैँ अचार भात र दाल भन्न पाउँ
प्रतिक्रिया दिनुहोस