ब्रेकिङ्ग खबर

भारतीय राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता, चिनियाँ राजदूतसँग पनि भेट हुँदै!

खबरशाला संवाददाता खबरशाला संवाददाता श्रावण २५, २०८३ ३७ पटक पढिएको

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो। भेटमा दुवै पक्षका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

भारतीय राजदूतसँगको भेटवार्तापछि प्रधानमन्त्री शाहले चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चिनियाँ राजदूतसँग दिउँसो ३ बजे भेटवार्ताको समय तय गरिएको छ।

यसअघि प्रधानमन्त्री शाहले युरोपेली संघ (ईयू) लगायत विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

पार्टीभित्रको शक्ति सन्तुलन, आफ्नै दलका सांसदहरूबाट सरकारप्रति भइरहेको आलोचना तथा सरकारमाथि बढ्दो राजनीतिक दबाबका बीच प्रधानमन्त्री शाहले पछिल्लो समय कूटनीतिक सक्रियता बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement