२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो भएको भेटवार्तालाई शिष्टाचार भेटका रूपमा लिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय चासोका विषयमा सामान्य छलफल भएको बताइएको छ। यद्यपि, भेटवार्तामा भएका छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री शाहले सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री बनेपछि शाहले नेपालका दुई प्रमुख छिमेकी मुलुकका राजदूतसँग एकै दिन गरेको भेटवार्तालाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
लोकप्रिय खबर
१
२
३
४
५
६
ग्रीन सेभिङ्समार्फत हरित भविष्य निर्माणमा वेष्ट फाइनान्सको पहल,६०० वटा बिरुवा रोपियो
भारतीय राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता, चिनियाँ राजदूतसँग पनि भेट हुँदै!
फुटबलका महान् खेलाडी लियोनल मेसीका पिता जर्जको निधन, छोराको महान् करियर पछाडिका ‘सारथि’ थिए उनी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै !
साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा आउने !






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्