काेराेना संक्रमणबारे डाक्टरसँग निःशुल्क परामर्श, सुरक्षित राख्नुहोस् यी नम्बर
काठमाडौं । लक डाउनको समयमा स्वास्थ्य समस्या पर्दा समेत चिकत्सकसँग सम्पर्क गर्न सक्नु भएको छैन ? चिन्तित नहुनुहोस्, अब फोन, ह्वाट्सएप र भाइबरबाटै तपाईंले डाक्टरसँग निःशुल्क परामर्श सेवा लिन सक्नुहुनेछ ।
एक एक पाइला नामक गैरनाफामूलक संस्थामा आबद्ध चिकित्सकहरुले यस किसिमको सेवा दिने भएका हुन् । तपाईंले आफ्नो समस्या डाक्टरलाई सुनाउन सक्नुहुनेछ ।
डाक्टरहरुले त्यसको समाधान गर्ने कोसिस गर्नेछन् । यसका लागि १४ जना डाक्टरका फोन नम्बर सार्वजनिक गरिएको छ ।
जसमा बिहान ७-९ बजेसम्म र साँझ ५-७ बजेसम्म फोन कल गर्न सकिनेछ । त्यस्तै बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भाइबर र व्हाटसेप खुला रहने एक एक पाइलाले जनाएको छ ।
डाक्टरहरु आफ्नो नियमित काममा खटिनुपर्ने भएकाले अत्यावस्यक बाहेक अन्य समयमा मोबाइल म्यासेज, भाइबर र व्हाटसएपबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।
भाइबर र ह्वाट्सएपमा आफ्नो पुरानो प्रेस्क्रिप्सनको फोटो सहित आफ्नो समस्या राख्दा समाधान गर्न सजिलो हुने डाक्टर सुधांसु केसीले बताए ।
सुरक्षित राख्नुहोस् यी नम्बर
क्र.सं. | चिकित्सकको नाम | मोबाइल नम्बर |
1. | डा. सुमन थापा (आँखा) | 9801863661 |
2. | डा. कबिता धाख्वा (आँखा) | 9801863662 |
3. | डा. सुधांशु के सी (मेडिसिन/लिभर) | 9802332488 (फोन) 9840875900 (फोन, भाइबर, ह्वाट्सएप) |
4. | डा. सुबोध ढकाल (मेडिसिन/छातीरोग) | 9801863664 |
5. | डा. सबीना भट्टराई (चर्म रोग) | 9801863665 |
6. | डा. श्रिष्ठी श्रेष्ठ (चर्म रोग) | 9801863666 |
7. | डा. निल पाण्डे (दन्त रोग) | 9801863667 |
8. | डा. बिनिता अधीकारी (दन्त रोग) | 9801863668 |
9. | डा. कुन्जन आचार्य (नाक कान घाँटी) | 9801863669 |
10. | डा. रबिन्द्र प्रधानाङ्ग (नाक कान घाँटी) | 9801863670 |
11. | डा. सपना अमात्य बैध्य (प्रसुती) | 9801863671 |
12. | डा. रिचा गिरी (प्रसुती) | 9801863672 |
13. | डा. ज्योति रायमाझी/डा राज राणा (शल्य चिकित्सा/हाड जोर्नी) | 9801863673 |
14. | डा. बिष्णु रथ गिरी (बाल रोग) | 9801863674 |
प्रतिक्रिया दिनुहोस