डाईलोसिसका बिरामीलाई ध्यान दिन नगरप्रमुख खड्काको आग्रह

असोज ०८, २०७

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बाषिक समिक्षा सम्पन्न गरेको छ । बार्षिक समिक्षामा आर्थिक बर्ष २०७८÷२०७९ मा कार्य सम्पादन मुल्यांकनमा प्रगति गरेको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डीयन डाक्टर ओम अर्यालले ८४ प्रतिसत अंक प्राप्त गरेको बताउनुभयो । २०७७÷७८मा ७१ प्रतिसत, २०७६÷७७मा ६७ प्रतिसत, २०७५÷७६मा ४३ प्रतिसत अंक प्राप्त गरेको जानकारी गराउनुभयो । अस्पतालमा केही जनशक्तिको अभाव भएको बताएका डाक्टर अर्यालले सबै भन्दा बढि बिरामी ग्यास्टीक रोगका भएका बताउनुभयो । झण्डै ६ दशमलव १९ प्रतिसत रहेका बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले डाईलिसका बिरामीहरुलाई सेवा दिन बिशेष योजना बनाउन सुझाब दिनुभयो । प्रत्येक दिन ४÷५ जना त्यस्ता बिरामीले आफुलाई फोन गरि डाईलोसिसको ब्यबस्था मिलाई दिन आग्रह गरेको जानकारी दिनुभयो । तर अस्पतालले आर्थिक बर्ष २०७८÷७९ मा २७ जनाले डाईलोसिस गरेको जनाएको छ । २०७७÷७८ मा २९ जना र २०७६÷७७ मा २६ जनाले नियमित डाईलोसस गरेको डाक्टर अर्यालले बताउनुभयो । कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष पद्मप्रसाद न्यौपानेको अध्यक्षता एबम कार्यक्रमको सहजिकरण नायब सुब्बा रेश्मी अधिकारीले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस