दाङमा ७९ प्रतिशत कोरोना संक्रमित निको, १५ जनाको मृत्यु

खबरशाला संवाददाता  |  कार्तिक १, २०७७

तुलसीपुर । दाङमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैविच दाङमा कूल संक्रमितहरु मध्य७९ प्रतिशत कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म संक्रमित पुष्टि भएका २ हजार २ सय ४० जना मध्य १ हजार ७ सय ३२ अर्थात ७९ प्रतिशत व्यक्ति कोरोना मुक्त भएका हुन् ।

जिल्लाभर अहिले ४ सय ९९ जना कोरोनाका सकृय संक्रमितहरु रहेका छन् । उनिहरु मध्य अधिकांश संक्रमित घरकै आइसोलेशनमा बसेका छन् । कोरोना संक्रमणबाट अहिले सम्म दाङमा १५ जनाको मृत्युभएको छ ।।

प्रतिक्रिया दिनुहोस