यसकारण चिन्ताबाट रहौँ टाढा

असार १३, २०७७

कोभिड-१९ संकटले मानिसमा चिन्ता बढाएको छ । संक्रमण र मृत्युका समाचारले चिन्ता अझ बढाएको छ । सबै घटनाक्रम आफ्नै वरिपरि भइरहेको आभास मानिसलाई भइरहेको छ ।

– चिन्ता यस्ता कुनै पनि नकारात्मक घटनामाथि दिमागले गर्ने सामान्य प्रतिक्रिया हो । तर, बढ्दो चिन्ताले थप गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले चिन्ता लिने बानीमा परिवर्तन आवश्यक छ ।

– चिन्ताले एन्जाइटी डिसअर्डर निम्त्याउँछ । यसको मुख्य लक्षण नै चिन्तित रहनु हो । यो जटिल बन्दै गर्दा सास फेर्न अप्ठ्यारो भएजस्तो महसुस पनि हुन्छ ।

– छाती भारी भएको महसुस गम्भीर रोगको कारणले मात्र हुँदैन । चिन्ता गरिरहने स्वभावले पनि यस्तो समस्या देखिन्छ । त्यसैले समस्या पहिल्याउन चिकित्सकको परामर्श लिनुहोस् ।

– सास फेर्न समस्या महसुस भएमा १० पटकसम्म लामो सास तान्दै छाड्दै गर्नुहोस् । अनि, आफूलाई शान्त राख्ने प्रयास गर्नुहोस् । अन्य कुनै पनि कुरा सोच्न छाडिदिनु नै शान्त रहने मुख्य तरिका हो । 

– प्रत्येकपटक हावालाई चार सेकेन्ड लगाएर भित्र तान्नुहोस् र त्यति नै लगाएर बाहिर फाल्नुहोस् । यो क्रिया १० पटकसम्म गरेपछि निकै शान्ति महसुस हुनेछ ।

– शरीरलाई आराम दिने प्रयास गर्नुहोस् । आराम दिनु भनेको शारीरिक मात्र होइन, मानसिक शान्ति पनि हो । मनमा तनाव आउने कुनै पनि कुरामा पटक्कै ध्यान नदिनुहोस् ।

– मानिसमा बढ्दो चिन्ताको एउटा कारण लामो लकडाउनका कारण घरभित्रै सीमित दैनिकी पनि हो । यतिवेला मनोरञ्जनका गन्तव्य असुरक्षित बनेका छन् । साथीभाइसँगको भेटघाट पातलिएको छ । 

प्रतिक्रिया दिनुहोस