सेल्फ क्वारेन्टाइनमा पोषण

जेठ १५, २०७७

– सेल्फ क्वारेन्टाइन आफैंमा निष्क्रिय अवस्था हो, जसमा जीवनशैली अस्वस्थ हुन्छ र विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता मजबुत बनाउन आवश्यक छ । त्यसका लागि स्वस्थ खानपान अत्यावश्यक हुन्छ ।

 

– विश्व स्वास्थ्य संगठन र पोषणविद्हरूले महामारीका वेला पोषणयुक्त खानपानमा ध्यान दिन आग्रह गरेका छन् । औषधि र भ्याक्सिन उपलब्ध नभएकाले कोरोना संक्रमणबाट बच्न प्रतिरोधी क्षमता बढाउनुको विकल्प नभएको उनीहरूले सुझाउँदै आएका छन् ।

– लकडाउनका कारण बजार बन्द हुनाले ताजा खानेकुरा, तरकारी र फलफूलको उपलब्धता कम छ । ताजा खानेकुरा अभावमा शरीरको प्रतिरक्षा प्रणाली तथा शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने विज्ञहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन र पोषणविद्हरूले महामारीका वेला पोषणयुक्त खानपानमा ध्यान दिन आग्रह गरेका छन् । औषधि र भ्याक्सिन उपलब्ध नभएकाले कोरोना संक्रमणबाट बच्न प्रतिरोधी क्षमता बढाउनुको विकल्प नभएको उनीहरूले सुझाउँदै आएका छन् ।

– रोग प्रतिरोधी क्षमता बढाउन खानामा फलफुल र सागपात नियमित समावेश गर्नुपर्छ । तिनमा पाइने भिटामिन, मिनरल्स र फाइबरले प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छन् ।

– बेसार, कागती, मरिच, खुर्सानी, जिरा, धनियाँ, मेथीजस्ता भान्सामा सजिलै उपलब्ध हुने मसाला खानामा समावेश गर्नुपर्छ । यस्तै, दूध, दही, माछामासु, अन्डाजस्ता खाद्य पदार्थ राम्रोसँग पकाएर खानुपर्छ । यस्ता खानेकुराले प्रतिरोधात्मक क्षमता बढाउँछन् ।

– लकडाउनका कारण अधिकांशको समय घरभित्रै बित्ने गर्छ । तर, खानपानसँगै घामको किरण र स्वस्थ हावा पनि आवश्यक हुन्छ ।

– पोषणविद्का अनुसार माछामासु, अन्डा, दुग्धजन्य पदार्थलगायत सेरोटोनिन र मेलाटोनिनजस्ता तत्व पाइने खानेकुरा नियमित खाँदा रोग प्रतिरोधी क्षमता बढ्छ । फ्याट कम भएका र कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थको प्रयोग बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस