काेराेना भाइरसकाे कारण ललितपुरमा १ जनाको मृत्यु

जेठ १४, २०७७

ललितपुरमा १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारणबाट मृत्यु हुनेको संख्या यससँगै ५ पुगेको छ ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ ज्यान ग्एकाे छ ।

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ  नै रहेको  बताइएकाे छ ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो। सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो।’

ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ ।

कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस