संस्थागत परिवार नियोजन क्लिनिकलाई पिपिई

बैशाख २१, २०७७

राधा पौडेल

दाङ, २० बैशाख– चितवन सर्जिकल एशोसिएसनले घोराही उपमहानगरपालिका अन्तर्गतको संस्थागत परिवार नियोजन क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई ४ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) तथा ५ पीस स्यानिटाईजर उपलव्ध गराएको छ ।

घोराही १५ निवासी महिला अगुवा सरला पौडेल र दोर्णराज भण्डारीको समन्वय तथा पहलमा एसोसिएसनका पदाधिकारी महेश यादव र सुरज लामाको सहयोगमा उक्त सामग्री संस्थागत परिबार नियोजन क्लिनिकाकी ईञ्चार्ज राधा पौडेललाई हस्तान्तरण गरिएको हो । चितवन सर्जिकल एसोसियनको पूर्ब अध्यक्ष समेत रहेकी घोराही १५ निबासी सरला पौडेलले संस्थागत परिबार नियोजन क्लिनिकबाट परिवार नियोजन सेवा लिने क्रममा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसको महामारीका बिच उच्च जोखिममा रहेर काम गरेको महसुस गरी एसोसिएसनका पदाधिकारीसंगको समन्वयमा व्यक्तिगत सुरक्षा सामग्री उपलव्ध गराउनु भएको हो । पौडेलले स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गर्न सहयोग पुगोस भन्ने उदेश्यले व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको बताए ।
संस्थागत परिवार नियोजन क्लिनिककी ईञ्चार्ज अस्पताल नर्सिङ निरिक्षक राधा पौडेलले सामग्री हस्तान्तरणले कर्मचारीको हौसला तथा मनोबल बढेको भन्दै एसोसिएसनका पदाधिकारी तथा पूर्ब अध्यक्ष सरला पौडेललाई धन्यवाद दिइन् ।

सस्थागत परिवार नियोजन क्लिनिकले लकडाउनका बिच पनि नियमित रुपमा बालबालिकालाई खोप सेवा, गर्भवती जाँच तथा टी.डी.खोप, परिवार नियोजन लगायत सुरक्षित मातृत्व सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस