नेपालमा काेराेना संक्रमण घट्दाे क्रममा

खबरशाला संवाददाता  |  जेठ ०, २०७८

तुलसीपुर । नेपालमा केही दिनयता कोरोना संक्रमण घट्दै गएको छ।

पछिल्लो २४ घन्टामा थप ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १८ हजार १ सय ९८ नमुना परीक्षण गर्दा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार देशभर १ लाख १५ हजार ५ सय ४७ सक्रिय संक्रमित छन्।

जसमध्ये ७ हजार ३ सय ४९ संस्थागत तथा १ लाख ८ हजार १ सय ९८ होम आइसोलनेसनमा छन्।

आइतबार काठमाडौं उपत्यकामा २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये भक्त्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ जनामा संक्रमण देखिएको छ।

आज ८ सय ७३ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ९३ जनाको निधन भएको छ।

मन्त्रालयको अनुसार आइतबार ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमितको नेपालमा ७६ दशमलव ३ प्रतिशत संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस