काेराेना संक्रमणबारे डाक्टरसँग निःशुल्क परामर्श, सुरक्षित राख्नुहोस् यी नम्बर

खबरशाला संवाददाता  |  बैशाख ३०, २०७८

काठमाडौं । लक डाउनको समयमा स्वास्थ्य समस्या पर्दा समेत चिकत्सकसँग सम्पर्क गर्न सक्नु भएको छैन ? चिन्तित नहुनुहोस्, अब फोन, ह्वाट्सएप र भाइबरबाटै तपाईंले डाक्टरसँग निःशुल्क परामर्श सेवा लिन सक्नुहुनेछ ।

एक एक पाइला नामक गैरनाफामूलक संस्थामा आबद्ध चिकित्सकहरुले यस किसिमको सेवा दिने भएका हुन् । तपाईंले आफ्नो समस्या डाक्टरलाई सुनाउन सक्नुहुनेछ ।

डाक्टरहरुले त्यसको समाधान गर्ने कोसिस गर्नेछन् । यसका लागि १४ जना डाक्टरका फोन नम्बर सार्वजनिक गरिएको छ ।

जसमा बिहान ७-९ बजेसम्म र साँझ ५-७ बजेसम्म फोन कल गर्न सकिनेछ । त्यस्तै बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भाइबर र व्हाटसेप खुला रहने एक एक पाइलाले जनाएको छ ।

डाक्टरहरु आफ्नो नियमित काममा खटिनुपर्ने भएकाले अत्यावस्यक बाहेक अन्य समयमा मोबाइल म्यासेज, भाइबर र व्हाटसएपबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।

भाइबर र ह्वाट्सएपमा आफ्नो पुरानो प्रेस्क्रिप्सनको फोटो सहित आफ्नो समस्या राख्दा समाधान गर्न सजिलो हुने डाक्टर सुधांसु केसीले बताए ।

सुरक्षित राख्नुहोस् यी नम्बर

क्र.सं.चिकित्सकको नाममोबाइल नम्बर
1.डा. सुमन थापा (आँखा)9801863661
2.डा. कबिता धाख्वा (आँखा)9801863662
3.डा. सुधांशु के सी (मेडिसिन/लिभर)9802332488 (फोन)
9840875900 (फोन, भाइबर, ह्वाट्सएप)
4.डा. सुबोध ढकाल (मेडिसिन/छातीरोग)9801863664
5.डा. सबीना भट्टराई (चर्म रोग)9801863665
6.डा. श्रिष्ठी श्रेष्ठ (चर्म रोग)9801863666
7.डा. निल पाण्डे (दन्त रोग)9801863667
8.डा. बिनिता अधीकारी (दन्त रोग)9801863668
9.डा. कुन्जन आचार्य (नाक कान घाँटी)9801863669
10.डा. रबिन्द्र प्रधानाङ्ग (नाक कान घाँटी)9801863670
11.डा. सपना अमात्य बैध्य (प्रसुती)9801863671
12.डा. रिचा गिरी (प्रसुती)9801863672
13.डा. ज्योति रायमाझी/डा राज राणा (शल्य चिकित्सा/हाड जोर्नी)9801863673
14.डा. बिष्णु रथ गिरी (बाल रोग)9801863674

प्रतिक्रिया दिनुहोस