रेम्डिसिभिर चाहियाे ? यी नम्बरमा फाेन गर्नुहोस्

खबरशाला संवाददाता  |  बैशाख २८, २०७८

तुलसीपुर । कोरोना संक्रमित औषधीका रूपमा प्रयोग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ थप २ हजार भाइल उपलब्ध भएको छ।

औषधी व्यवस्था विभागले सूचना जारी गर्दै अस्पतालले गुगल फर्ममा आवश्यक जानकारी भरेर बिरामीको पूर्ण विवरणसहितको कागजात लिएर मात्र औषधी (रेम्डिसिभिर) उपलब्ध हुने जनाएको छ ।

आवश्यक पर्ने व्यक्तिले चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ।

बिरामीको पूर्ण विवरणसहितको सिफारिस लिएर जाने व्यक्तिको परिचयपत्र अनिवार्य हुनुपर्नेसमेत विभागले सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस