तुलसीपुरमा संक्रमितकाे घरमै निशुल्क अक्सिजन

खबरशाला संवाददाता  |  बैशाख १, २०७८


तुलसीपुर, । तुलसीपुर उपमहानगरपालिकाले कोरोना संक्रमितलाई घरसम्म निशुल्क अक्सिजन उपलब्ध गराउने भएको छ ।
अक्सिजन व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


अक्सिजन निशुल्क प्राप्त गर्न वडाध्यक्ष र सम्बन्धित वडाको स्वास्थ्य संस्था वा कोभिड प्रतिकार्य समूहको प्रतिनिधिले बिरामीको अवस्थाको आँकलन गरेर आश्यक छ भनि सिफारिस गरेमा घरसम्म निशुल्क अक्सिज पु¥याउने बैठकले निर्णय गरेको छ । तर अक्सिजनको खालि सिलिण्डर भने फिर्ता गर्ने सुनिश्चितता बिरामीको आफन्तले गर्नुपर्ने छ ।

त्यस्तै बैठकले अक्सिजन व्यवस्थापन तथा समन्वयका लागि तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिका अध्यक्ष पदम पोख्रेल (जेठुकान्छु) को संयोजक रहनेगरी ३ सदसीय समिति गठन गरेको छ । जसको सदस्यमा तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेत र तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी रहनुभएको छ ।


यदि बिरामीले दिन चाहेमा भने विपद व्यवस्थापन कोषमा आर्थिक जम्मा गर्न सक्ने निर्णय पनि समितिले गरेको छ । बैठकमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर उपमहागनरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस